२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुन्छः निर्वाचन आयुक्त भण्डारी(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।

उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो । उहाँले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताउनु भयो ।

उहाँले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यामहरुलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताउनु भयो ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेद्वारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताउनु भयो । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि बताउनु भयो ।

निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘दलहरुको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौं । कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ । यति ठूलो जोखिम उठाउनु पर्छ कि उहाँहरुको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ । त्यसो भएको हुनाले त्यो प्रकृतिको कसैलाई समर्थन गर्नेगरी आदेश, निर्देशन जारी गर्नुहुन्छ भन्ने आयोगले विश्वास नै गर्दैन ।

अहिलेसम्म हामीले पाएको प्रगति विवरण अनुसार कुनैपनि ठाउँबाट त्यस्ता चुनौति आएका छैनन् । र, अब आउँदा पनि आउँदैनन् । चुनौति आउनु पनि हुँदैन । त्यसैले विषय विषयमा पनि हामीले मसिनो ढंगले निगरानी गरिराखेका छौं । यदी तपाईहरुलाई कुनै ठाउँबाट यस्तो निर्देशन आयो भने कृपया आयोगलाई जानकारी दिनुस् आयोगले तत्कालै कारबाही गर्छ । कतिपय ठाउँबाट मुख्य निर्वाचन अधिकृत र त्यहाँको प्रशासन सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारीबीच समन्वय भएन भन्ने आयो । मैले त्यो समस्या समाधान गर्नुपर्छ भनेर निर्देशन दिएको छु । यदी त्यस्तो कसुर आयो भने त्यो गम्भिर प्रकृतिको कसुर हुन्छ । निर्वाचनलाई असर पार्ने किसिमको कुनै पनि क्रिया गर्न नै पाईदैन ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन हुन नदिने पनि बताएको छ । न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेहरुलाई तत्काल कारवाही गर्न आयोग सचेत रहेको बताउनु भयो । अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरुले आचारसंहीता उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताउनु भयो ।

निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘आचारसंहीता कुनैपनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौं । यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईहरु सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौं । त्यसो हुनाले आयोगलाई लाग्छ कि, अब यस्ता किसिमका घटनाहरु हुँदैनन् । सबै अनुशासित भएर, आचारसंहीताको परिधिभित्र रहेर आचारसंहीताको ख्याल गर्नुहुन्छ ।

त्यो पनि कहिलेसम्म प्रचारप्रसार गर्न पाउने हो, त्यसको सीमा निर्धारण पहिल्यै गरिएको छ । त्यो भनेर अब त्यस्तो घटना आउँदैन भन्ने होइन, आउन सक्छन् । तर त्यसलाई तत्क्षणमा नियन्त्रण गर्न हामीसँग साधन सक्षम छ । एकदम सचेत छ । सुक्ष्म ढंगले हेरिराखेको छ । र, यो तत्क्षण नियन्त्रण हुन्छ ।’

निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको बताउनु भयो । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गृह प्रशासनलाई पनि हामीले प्रशस्त निर्देशन दिएका छौं । कुनैपनि ठाउँमा शान्ति, सुरक्षा, अमनचैन उल्लंघन हुने कुनैपनि काम हुनुहुँदैन ।

निर्वाचन प्रयोजनका लागि विभिन्न बेलामा विभिन्न किसिमका झडपहरु हुनसक्छन् । त्यो सबै नियन्त्रण हुनुपर्दछ । त्यो झडप नहुने प्रकृतिले पहिल्यै तयारी गरेर सम्बन्धित ठाउँमा बस्नुपर्दछ भनेर हामीले भनिसकेका छौं । सोही अनुरुप गृह प्रशासनले पनि उहाँहरुका सबै प्रमुख जिल्ला अधिकारीहरु र त्यसको अतिरिक्त सुरक्षाकर्मीहरुलाई सबैलाई एकदम सचेत गराएर राख्नुभएको छ ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताउनु भयो ।