• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

नेपालमा सन् २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट हुने



काठमाडौँ । नेपालमा सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सो प्रतियोगिताका लागि नेपाललाई सहआयोजक बनाएको छ ।

नेपाल र बंगलादेशलाई संयुक्तरुपमा यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको छ।

सन् २०२५ को प्रतियोगिता मलेसिया र थाइल्यान्डले संयुक्तरुपमा आयोजना गर्नेछन् । त्यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको नेपालले भने अहिलेसम्म उक्त विश्वकप खेल्न पाएको छैन । सन् २०२३ को पहिलो संस्करणको यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । सो प्रतियोगिताका लागि नेपालले एसियाली क्षेत्रको छनोट खेल खेले पनि छनोट हुन असफल भएको थियो ।