२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर हप्याकलाई ‘बोक्सी’ लागेको भन्दै मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ



अ+ अ-

काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’मा प्रतिस्पर्धी रहेका र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई मुखमा आगो झोस्ने झाँक्री पक्राउ परेका छन् ।

डिप्रेसनबाट पीडित रहेका हप्याकलाई निको पार्ने भन्दै मुखमा आगो झोस्ने २४ बर्ष्यि दिपक सार्कीलाई प्रहरीले नवलपरासीको कावासोतीबाट पक्राउ गरेको हो ।

पीडितको परिवारले उजुरी दिएलगँतै झाँक्री सार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत साता नवलपरासीको कावासोतीमा र्‍यापर हप्याकलाई ‘बोक्सी ‘लागेको भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका थिए । हप्याक अहिले चितवन मेडीकल कलेज को मेन्टल हेल्थ वार्डमा छन् ।

हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् ।