२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उहाँको मिर्गौलाको प्रत्यारोषण गरिएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गर्नु भएको हो । अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । 

ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो । 

फोटो स्रोतः सुनिल दाहाल