१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा यात्रु अलपत्र



file
अ+ अ-

बैतडी । जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध रहेको छ । गत आइतबारदेखि अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो । 

राजमार्ग पुनः सञ्चालनका लागि भासिएको सडकलाई भत्काएर पर्खाल लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । “वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “पर्खाल नलगाउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन, पर्खालको निर्माण सम्पन्न हुन अझै एक दुई दिन लाग्ने देखिएको छ ।”

चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र  बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका १०० भन्दा बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रु पनि अलपत्र परेका छन् । 

यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिकालगायत ठाउँबाट अन्यत्र जाने यात्रु पनि मार्कामा परेका छन् । वर्षातको समयमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेका छन् ।