२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर हर्क साम्पाङले एमाले अध्यक्ष ओलीलाई ‘हाउडे’ भनेपछि…



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘हाउडे’को संज्ञा दिएका छन् ।

शुक्रवार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले धरानमा कोशीको पानी ल्याउने बताएको प्रसङ्गलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिलाई कटाक्ष गरेका हुन् ।

र्हकले ओली बोलेको भाषणको स्क्रिनसट सेयर गर्दै ओलीले कोशीको पानी धरानमा ल्याउने भनेर गफ दिएको र आफूले नै कोशीको पानी ल्याउने उल्लेख गरेका छन् ।

‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ’, उनले लेखेका छन्, ‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ।’

अध्यक्ष ओलीले भनेका थिए ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, त्यसका लागि एमालेको सरकार चाहिन्छ, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्ने छौं, काम सुरु गर्ने छौं, स्थायी ढङ्गले पानीको समस्या समाधान गर्छौं, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’