१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई आगामि भदौ २३ गतेपछि सभापति मान्दैनौ : वरिष्ठ नेता पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई आगामि भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा पौडेलले भदौ २३ पछि देउवालाई सभापति मान्न बाध्य नहुने बताएका हुन् । 

वरिष्ठ नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनी दिए ।    सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भनेपनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको नेता पौडेलको आरोप रहेको छ । 

‘मैले पहिलेदेखि नै भन्दै आएको छु कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति , न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ’, बैठकमा पौडेलले भने । पौडेलले सभापतिलाई महाधिवेशनको आश्वासन देखाएर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्न समेत चेतावनी दिए । ‘महाधिवेशन हुन्छ,हुन्छ, हुन्छ भन्नी तर काम केही नगर्नी ? समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी छानी मान्छे हाल्ने ? हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भने ।