२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई आगामि भदौ २३ गतेपछि सभापति मान्दैनौ : वरिष्ठ नेता पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई आगामि भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा पौडेलले भदौ २३ पछि देउवालाई सभापति मान्न बाध्य नहुने बताएका हुन् । 

वरिष्ठ नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनी दिए ।    सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भनेपनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको नेता पौडेलको आरोप रहेको छ । 

‘मैले पहिलेदेखि नै भन्दै आएको छु कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति , न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ’, बैठकमा पौडेलले भने । पौडेलले सभापतिलाई महाधिवेशनको आश्वासन देखाएर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्न समेत चेतावनी दिए । ‘महाधिवेशन हुन्छ,हुन्छ, हुन्छ भन्नी तर काम केही नगर्नी ? समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी छानी मान्छे हाल्ने ? हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भने ।