• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

राजीव गान्धी हत्या प्रकरणका ६ जना दोषी रिहा



एजेन्सी । भारतको सर्वोच्च अदालतले राजीव गान्धी हत्या प्रकरणमा शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको हो ।

जसमा नलिनी र आरपी रविचन्द्रन पनि रहेका छन् । यस्तै, आजीवन कारावासको सजाय भोगिरहेका सबै दोषी रिहा भएका छन् ।

मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

राजीव गान्धीको हत्याको आरोपमा नलिनी पक्राउ पर्दा उनी गर्भवती थिइन् । उनी गर्भवती भएको दुई महिना भइसकेको थियो । त्यसपछि सोनिया गान्धीले नलिनीलाई माफ गरिन् । नलिनीको गल्तीको सजाय निर्दोष बालकलाई कसरी दिइन्छ भन्ने उनको भनाई थियो ।

राजीव गान्धी हत्या प्रकरणमा ट्रायल कोर्टले षड्यन्त्रमा संलग्न २६ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । मे १९९९ मा सर्वोच्च अदालतले १९ जनालाई सफाइ दिएको थियो । बाँकी सात अभियुक्तहरूमध्ये चार (नलिनी, मुरुगन उर्फ ​​श्रीहरन, सन्थान र पेरारिवलन) लाई मृत्युदण्ड र बाँकी (रविचन्द्रन, रोबर्ट पायस र जयकुमार)लाई जन्मकैदको सजाय सुनाइएको थियो ।

चारै जनाको दया याचिकामा, तमिलनाडुका गभर्नरले नलिनीको मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गरे । बाँकी अभियुक्तहरूको दया याचिका २०११ मा राष्ट्रपतिले खारेज गरिदिएका थिए ।

चुनावी र्‍यालीमा हत्या भएको थियो राजीव गान्धीको
राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी र्‍यालीमा धनु नामक लिट्टे आत्मघाती बम आक्रमणकारीले हत्या गरेका थिए । एलटीटीई महिला आतंकवादी धनु (तेनमोजी राजरत्नम)ले राजीवलाई फूलको हार लगाएर खुट्टा छोएर निहुरेर कम्मरमा बाँधेको विस्फोटक पदार्थ विष्फोट गरेकी थिइन् ।

विष्फोट यति शक्तिशाली थियो कि धेरै मानिसहरु टुक्राटुक्रा भए । राजीव र आक्रमणकारी धनुसहित १६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।

सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी प्रधानमन्त्री बने । लोकसभा चुनावमा कांग्रेसले तीन चौथाई सिट जित्न सफल भएको थियो । त्यसबेला कांग्रेसले ५३३ मध्ये ४१४ सिट जितेको थियो ।

जब राजीव प्रधानमन्त्री बने तब उनको उमेर ४० वर्ष मात्र थियो । उनी देशका सबैभन्दा कान्छो प्रधानमन्त्री थिए । आफ्नो कार्यकालमा उनले विद्यालयमा कम्प्युटर जडान गर्ने बृहत् योजना बनाएका थिए । जवाहर नवोदय विद्यालयहरू राजीव गान्धीको कार्यकालमा स्थापना भएका थिए । त्यसताका पीसीओ मार्फत गाउँ गाउँमा टेलिफोन पुग्यो ।