२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

१३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

१३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्
अ अ+ अ-

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ की एक किशोरी उमेरले १५ वर्ष पुगिन् । विवाह गरेको एक वर्षपछि उनले बच्चा जन्माइन् । उनी मात्र होइन, जिल्लामा उनीजस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ । 

कानून अनुसार २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ दशमलव १५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्लामा बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकरी सङ्घसंस्थाले विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको देखिएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्यामा अहिले पनि कमी आउन सकेको छैैन ।  २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पतालको अनुमान छ । 
 
“उमेर नपुग्दै यहाँ प्रसूति सेवा गर्न आउनेमध्ये अधिकांश १४ देखि १८ वर्ष उमेर समूहका छन्”, जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले भन्नुभयो,  “यीमध्ये सबैभन्दा बढी १७ वर्ष उमेरका महिलाले प्रसूति सेवा लिएको छ ।” अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता कम उमेरमा विवाह नै भएको उहाँले बताउनुभयो । कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय लमजुङ तथा जिल्ला अस्पतालले आमा सुरक्षा कार्यक्रम गरेर चाँडै विवाह गर्दा हुने असर र विभिन्न समस्याका बारेमा आमा समूहमार्फत सेवाग्राहीलाई समेत जानकारी गराउँदै आएका पनि छन् । जिल्लामा विभिन्न सङ्घसंस्थाले पनि नाटक कार्यक्रममार्फत उमेर नपुग्दै विवाह गर्दा तथा गर्भवती हुँदा बच्चा र आमा दुवैलाई हुने असरलगायतका बारेमा सचेत गराउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमार्फत बालविवाह गर्न नहुने, स्वास्थ्यमा पर्ने असर, कानूनी कारवाही हुनेबारे सचेतसमेत गराउँदै आएको छ । कम उमेरमा विवाह गर्नेलाई प्रहरीले कारवाहीसमेत गर्दै आएको छ, तर पनि जिल्लामा उमेर नै नपुगी विवाह मात्र होइन कलिलै उमेरमा बच्चाको आमा बन्नेमा वृद्धि हुँदा एउटा ठूलो चुनौती बनिरहेको छ । कलिलै उमेरमा विवाह गर्नाले महिलाको स्वास्थ्यमा पनि असर पर्ने भएकाले यसतर्फ सचेत गराउनका लागि स्वास्थ्य शिक्षाबारे विद्यालयस्तरमै बढी जानकारी गराउनुपर्नेमा चिकित्सकले जोड दिएका छन् । 

कम उमेरमा आमा बन्नुपर्दा हुने जोखिम बारे विद्यालय स्तरमा नै सचेत एंव शिक्षा दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. हेमा सन्त्यालले भन्नुभयो, “उमेर नपुगी गर्भवती हुँदा तथा बच्चा जन्माउँदा महिला र बच्चा दुबै जनाको स्वास्थ्यमा गम्भीर असर पुग्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने जोखिम छ । ” ग्रामीण भेगमा स्कूले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्ने गरेको उहाँको भनाइ छ । उहाँले किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिकलगायत सबै प्रकारका समस्याका बारेमा सम्झाएर पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

कम उमेरमै बच्चा जन्माउँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुन सक्ने, महिलाको योनी मार्ग बढी च्यातिनेलगाय विभिन्न असर तथा समस्या हुने उहाँको भनाइ छ । उमेर नपुगी अस्पतालमा आउने अधिकांश ती महिलाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको अस्पताल स्त्रीरोग विशेषज्ञ सन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “कानूनीरुपमा २० वर्षपछि विवाह तथा बालबच्चा जन्माउन पाउने भएपनि २५ वर्ष नाघेपछि महिलाले बच्चा जन्माउँदा बढी उपयुक्त हुन्छ ।” 

अस्पतालका प्रमुख श्रेष्ठका अनुसार अस्पतालमा १४ वर्षका किशोरीसमेत प्रसूति सेवा लिन आउने गरेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका अधिकांश महिला प्रसूति सेवा लिन आउने गर्छन् । विशेष गरी आदिवासी जनजाति, दलित समुदायका महिला सानै उमेरमा विवाह गर्ने र गर्भवती हुने गरेका पाइएको उहाँको भनाइ छ । 

अस्पतालका अनुसार गत आर्थिक वर्षमा एक हजार १७१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । तीेमध्ये  २० वर्ष भन्दा कम उमेरका १५४ जना रहेको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७६/२०७७ मा अस्पतालमा एक हजार १२३ जनाले प्रसूति सेवा लिएका थिए । सोमध्ये कम उमेरका १७१ जना रहेको थियो । यसैगरी आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेकामा १८३ जना २० वर्षभन्दा कम उमेर समूहका थिए । त्यस्तै आर्थिक वर्ष २०७४/२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकोमा २० वर्षभन्दा कम उमेर समूहका ३६३ जना रहेको अस्पतालले जनाएको छ । विसं २०५८ देखि अस्पतालले प्रसूति सेवा प्रवाह गर्दै आएको छ । अस्पतालको प्रसूति गृहमा १५ श्यया रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ । बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको पाइन्छ । रासस