• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कंदै



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणका पूरा गरी भोलि शनिबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो ।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा उहाँले विशेष सम्बोधन समेत गर्नुभएको थियो ।

साथै उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि बिहान काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।