२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

बिहान उठ्ने बित्तिकै नगर्नु यी काम

बिहान उठ्ने बित्तिकै नगर्नु यी काम
अ अ+ अ-

भनिन्छ, बिहानीको सुरुवात राम्रो हुनुपर्छ । तब दिनभरको पर्फमेन्स राम्रो हुन्छ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दैनिकी खल्लो बनाइदिन्छ । त्यतीमात्र होइन, विहान गर्ने कतिपय गल्तीले शरीरलाई अस्वास्थ्य बनाउँछ । मनलाई दुषित तुल्याउँछ । ‘मर्निङ मिस्टेक्स’ले तपाईको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वास्थ्य समस्या पनि निम्त्याउँछ । यसैले बिहानको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा जानकारी लिइराख्नु पर्दछ । यहाँ हामीले बिहान उठ्नै बित्तिकै गर्न नहुने ७ वटा कुराहरुको सूचि बनाएका छौँ ।

१. हत्तपत्त उठेर काममा लाग्नु : दिनको आरम्भ बिस्तारै/बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरामसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने । यसो गर्दा शरिर तङ्ग्रिन पाउँछ । रातभर आराममा भएको शरिरले वातावरणमा अनुकुलन हुने अवसर पाउँछ ।

२. स्ट्रेचिङ नगर्नु : सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ । स्ट्रेचिङ गर्नका लागि विशेष साधनहरु केहि पनि पर्दैन । तपाई उभिएको ठाउँमा बसेर, दायाँ बायाँ हातहरु फैलाएर, उठबस गरेर नै स्ट्रेचिङ गर्न सक्नु हुन्छ ।

३. ब्रेकफास्ट नगर्नु : बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ । ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

४. आँखा खोल्नसाथ मोबाइल चेक गर्नु : बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन । यसले आँखामा तनाव बढाउँछ भने हाम्रो बिहानै उठेर गर्नु पर्ने कामहरुको तालिकालाई असर गर्छ । यसैले बिहान उठ्ने बित्तिकै मोबाइल चेक गर्ने बानी जति सक्दो चाँडो छोड्दा राम्रो हुन्छ ।

५. मुस्कुराउनमा कन्जुस्याँई : तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ । यसले तपाईको अन्य व्यक्तिसँगको सम्बन्धमा पनि प्रभाव पार्छ । मुस्कुराएर कुरा गर्दा कुरा गरिरहेको मानिसलाई पक्कै पनि मन पर्छ । यसले तपाईको व्यक्तित्वलाई पनि राम्रो बनाउँछ । बिहानै मुस्कुराएर दिन सुरु गर्दा आफुमा सकारात्मक सोचको विकाश गर्न सक्छ ।

६. एक्सरसाइज नगर्नु : बिहानै उठेर एक्सरसाइज नगर्नु भनेको एकदमै गलत कुरा हो । मानिसहरुको स्वाभाव हुन्छ कि धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ । यसैले एकदमै कठिन नभएर सरल व्यायामहरु गर्दा राम्रो हुन्छ ।

७. उठ्नसाथ मलमुत्र त्याग नगर्नु : कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ । यसलाई बिहान उठे पछि गर्ने पहिलो काममा राख्दा हुन्छ । प्रशस्त समय दिएर आरामसँग मलमुत्र त्याग गरे पछि दिनभरका लागि ढुक्क हुन्छ भने पाचन पनि राम्रो हुन्छ । अनि दिन त यसै पनि रामरो हुने भइहाल्यो ।