२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु-१५ महिला साफ च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । यु-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ ।

अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।

साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुनेछ । सुरुवाती तीनै खेल जितेको नेपाल तालिकामा नौं अंक सहित शीर्षस्थानमा रहेको छ । तीन खेलबाट ६ अंक जोड्दै बंगलादेश दोस्रो स्थानमा छ । भुटान भने तालिकाको अन्तिममा रहेको छ ।

 




भर्खरै