• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टि–२० विश्वकपको फाइनलमा



काठमाडौँ । इंग्ल्यान्ड आइसीसी टी–२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियामा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

भारतले दिएर्को १६९ रनको लक्ष्य इङ्ल्यान्डले १६ ओभरमा विनाकुनै विकेटको क्षतिमा  पूरा गर्यो ।

टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन जोड्यो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाए । रोहित शर्माले २७ र सुर्यकुमार यादबले १४ रन जोडे । इंग्ल्यान्डका तर्फबाट क्रिस जोर्डनले तिन विकेट र अडिल रसिद र क्रिस वेक्सले १र१ विकेट लिए ।

इंग्ल्यान्डका एलेक्स हेलले ८६ र जोस बटलरले ८० रन बनाए ।

उपाधिका लागि इङ्गल्यान्डले आइतबार पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । फाइनल खेल आइतबार दिउँसो १ः४५ बजे हुनेछ ।