• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….

चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ: उपराष्ट्रपति(भिडीयोसहित )



file

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गर्नुभएको छ । आज यहाँ आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताउनुभयो ।

पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उहाँले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताउनुभयो । सोही आधारमा पछिल्ला केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको उहाँको भनाइ छ ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्दै उहाँले प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने बताउनुभयो ।

“जबसम्म हामी हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौँ, तबसम्म समृद्धि टाढै रहनेछ”, उहाँले भन्नुभयो, “गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट हामीले हाम्रो निर्यात व्यापार वृद्धि गर्नसक्नु पर्दछ ।”

यसै महिनादेखि लागू हुने गरी नेपालसहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुको भन्सार शुल्क शून्य बनाउने चीनको नीति हाम्रा लागि राम्रो अवसर रहेको जनाउँदै उहाँले चीनको यस नीतिको नेपालले सदुपयोग गर्नुपर्ने बताउनुभयो । “नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग छ, संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उदेश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रा लागि ठूलो अवसर पनि हो”, उहाँले भन्नुभयो ।

नेपालले आफ्ना मौलिक उत्पादन चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने भन्दै उहाँले कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने बताउनुभयो । “चिनियाँ बजारमा नेपाली बस्तु निकासीलाई प्राथमिकता दिइनुपर्दछ, यसका लागि नेपाल चीन उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक देखिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच रहेका मुख्य दुई तातोपानी र केरुङ नाका पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै तर्फबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दैनिक कन्टेनरको कोटा तोक्ने व्यवस्था अन्त्य गरी सबै कन्टेनर भित्रने वातावरण सिर्जना गर्नसके मात्र चीनको निर्यात व्यापारका साथै नेपालको राजस्व पनि बढ्ने बताउनुभयो ।

काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छेनले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन सबैको उत्तिकै भूमिका रहेको बताउनुभयो । कार्यक्रममा नेपाल–चीन यातायात तथा कार्गो ढुवानीमा विशेष भूमिका निर्वाह गरेको भन्दै हिमालय एयरलाइन्स र सिल्क ट्रान्सपोर्टलाई सम्मान गरिएको थियो ।