४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका

एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका
अ+ अ-

काठमाडौँ । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो ।

गर्जो टाराँैला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयर बजारमा लगानी गर्ने धेरैजसो लगानीकर्ता छन् । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर कारोबारका सन्दर्भमा रहेको त्यस खालको व्यवस्थाप्रति सकारात्मक बन्दै सबै व्यवस्था गर्ने जिम्मेवारी नेपाल धितोपत्र बोर्ड ९सेबोन०लाई हस्तान्तरण ग¥यो । पछिल्ला दिनमा बैंक एक आपसमा गाभिन थाले । शेयर बजारमा कारोबार रोकियो । त्यसबाट उत्पन्न भएको नकारात्मक अवस्थालाई सम्बोधन गर्ने ध्येयका साथ केन्द्रीय बैंकले आवश्यक व्यवस्था गर्न बोर्डलाई नै अधिकार दियो ।

सोही अधिकार बमोजिम बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । सो निर्देशिका आजदेखि लागू भएको छ । नयाँ व्यवस्थाअनुसार अब १५ दिन मात्रै लगानीकर्ताको लगानी रोक्का हुनेछ । बोर्डले जारी गरेको निर्देशिकाअनुसार सूचीकृत संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने प्रक्रियामा गएर एकीकृत कारोबार गरेपछि मात्रै १५ दिनसम्म कारोबार रोकिनेछ ।

यसअघिको व्यवस्थामा भने एकीकृत कारोबार नहुँदासम्म शेयर कारोबार रोक्का राख्ने व्यवस्था थियो । ठूला लगानीकर्ताको अन्य विकल्प भए पनि साना तथा थोरै लगानी गर्ने लगानीकर्ताका लागि भने सामान्य गर्जो टार्न समेत समस्या पर्दै आएको थियो । संस्थाको शेयर मिलान वा धितोपत्र दर्ता वा अभौतिकीकरणका लागि मात्रै दुई साताको समय दिइएको हो ।

नयाँ व्यवस्थाअनुसार गाभ्ने वा गाभिने वा प्राप्तिसम्बन्धी जानकारी राख्ने सङ्गठित संस्थाका सञ्चालक, कर्मचारी वा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने वा गाभिने सम्बन्धमा कुनै पनि सूचना ना जानकारी सार्वजनिक गर्न नपाइने प्रबन्ध गरिएको छ ।

निर्देशिकाअनुसार सञ्चालक समितिले गाभ्ने वा गाभिनेसम्बन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सो को भोलिपल्ट कारोबार समय अगाडि लक्षित सङ्गठित संस्थाका आधारभूत शेयरधनीको कारोबारका लागि साधारणसभा नभएम्मस रोक्का राख्न सक्नेछ ।

त्यस्ता शेयरधनीको विवरण सहित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन बमोजिम धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले सो संस्थाको आधारभूत शेयरधनीको कारोबार तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्नेछ ।

पूर्वस्वीकृतिका लागि गाभ्ने वा गाभिने वा प्राप्ति सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी, पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सानको हिसाब, नगद प्रवाहको अवस्था, गाभ्ने वा गाभिने समयबद्ध तालिकासहितको निवेदन दिनुपर्नेछ ।
बोर्डले संगठित संस्थाले दिएको निवेदन र आवश्यक शर्त पूरा गरेको अवस्थामा सात कार्यदिनभित्र अन्तिम स्वीकृति दिनेछ । सम्बन्धित नियमनकारी निकायको अन्तिम सहमति संलग्न गरी बोर्ड समक्ष निवेदन दिएको तीन कार्य दिनभित्र अन्तिम स्वीकृति दिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

“एकीकृत व्यवसायिक कारोबार गरेको मितिबाट गाभ्ने वा गाभिने संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ ” निर्देशिकामा भनिएको छ । निवेदन प्राप्त भएपछि धितोपत्र बजारले सम्बन्धित संस्थाको शेयर कारोबार रोक्का राख्नुपर्नेछ ।