• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपिल (पूर्णपाठसहित)



file photo

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन पार्टीका सबै नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

बिहीबार उहाँले एक अपिल जारी गर्दै कांग्रेसका प्रत्येक सदस्यको जिम्मेबारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

“अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैँले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु”, उहाँले भन्नुभएको छ ।

साथै उहाँले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्नुभएको छ ।

वर्तमान संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीले नै गठबन्धनबिना एकल दलको स्थिर सरकार बन्न कठिन छ भन्दै प्रधानमन्त्री देउवाले यसलाई मुलुकभरका आम जनता तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले जुन सहजता र सुझबुझका साथ लिनुभएको छ त्यसका लागि नेपाली कांग्रेस सिंगो नेतृत्व आभारी छ भन्नुभएको छ ।

गत निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा लड्दा परिणाम हाम्रो पक्षमा आएन भन्दै उहाँले भन्नुभएको छ, “देश राजनीतिक अन्योल र अधिनायकवादी कसरतको भूमरिमा पर्यो, संविधान र लोकतन्त्रको भविष्य खतरामा परेको अनुभव प्रत्येक नागरिकले समेत गर, यो अवस्थामा मेरो नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको हो ।”

आफ्नो नेतृत्वको वर्तमान सरकारको लक्ष्य संविधानको रक्षा, यसले परिकल्पना गरेको संघीय, समावेशी र लोकतान्त्रिक लोककल्याणकारी राज्यको निर्माण प्रक्रियालाई सुदृढ बनाउनु हो भन्दै उहाँले भन्नुभएको छ, “अकारण पटक पटक गरिएको जननिर्वाचित संसद् विघटनको असंवैधानिक निर्णय र शक्तिपृथकीकरणको मूल मर्ममाथि भएका प्रहारहरुले लोकतन्त्रमाथिको खतरा बाँकी नै रहेकोले हामी सबैले महसुस गरेका छौँ, यस्ता जोखिमहरुबाट संविधान र मुलुकलाई बचाउने अहम् जिम्मेबारी पनि नेपाली कांग्रेसकै काँधमा छ ।”

उहाँले जारी गर्नुभएको अपिलको पूर्णपाठ यस्तो छ: