७ असार २०८३, आईतवार
,
Latest
क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गर्नुभएको हो । उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो । त्यहाँ उहाँले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो ।

अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।