२८ भाद्र २०८३, आईतवार
,
Latest
चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका अभियुक्त नै मन्त्रालयको सल्लाहकार



अ+ अ-

काठमाडौं । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका व्यक्तिलाई प्रदेश २ सरकारले मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ । प्रदेश २ सरकारले भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारमा नियुक्त गर्दा त्यसको विरोध भैरहेको छ ।

उनलाई प्रदेश २ सरकारले गत असार २० गते नै नियुक्ति दिइएको खुलेको छ । चौधरीलाई भ्रष्टाचार मुद्दामा अदालतले चार महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रूपमा कार्यरत रहँदा चौधरी भ्रष्टाचारमा मुछिएका थिए । अहिले निलम्बनमै रहेका चौधरी प्रतिनीधि सभाको निर्वाचनमा भएको छुरा काण्डमा समेत मुछिएका थिए ।