९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । गत सोमवारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले गिरावट भएको छ ।

बुधवार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ ।

बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत,अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७.४२ प्रतिशत बढेको छ । मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २.२२ प्रतिशत बढेको छ । तर यता एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।