• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल ★   बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु ★   खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा

टी–२० विश्वकपः पाकिस्तानलाई फाइनल पुग्न न्युजिल्यान्डको १५३ रनको लक्ष्य



एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकपको फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा जारी खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन जोड्यो ।

न्युजिल्यान्डका लागि डार्यल मिचेलले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन जोड्दा डेभन कोनवेले २० बलमा २१ रन जोडे । यस्तै, जेम्स निसम १२ बलमा १६ रनसहित अविजित रहे ।

पाकिस्तानका शाहिन अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिए । यस खेलको विजेता टोली उपाधिका लागि फाइनलमा प्रवेश गर्नेछ ।