२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला पुगेर प्रचण्डले भने– चुच्चे नक्सा ओलीको होइन मेरो पहलमा बनेको हो



अ+ अ-

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा ल्याउन आफूले पहल गरेको दाबी गरेका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष दाहालले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दाबी गरेका हुन् ।

उनले भने, ‘ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए । त्यो झुटो हो । मेरै पहलमा चुच्चे नक्सा बनेको हो ।’ यस्तै, उनले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको समेत बताए ।

‘चुनाव जित्न गठबन्धन गरेको होइन, ओलीको दम्भ रोक्न गठबन्धन गरेको हो’ दाहालले भने, ‘अहिले ओली मत माग्न हारगुहार गरिरहेका छन् ।’

दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार छन् ।