५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घण्टी नबजाउन तोसिमालाई निर्वाचन आयोगको निर्देशन



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले ललितपुर निर्वाचन क्षेत्र नं ३ की उम्मेदवार डा तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।

आयोगले घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै यस्तो निर्देशन दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार र घरदैलोका क्रममा आफ्नो दलको चिह्न घण्टी लिएर बजाउँदै हिँड्ने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकमा केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै त्यसले आचारसंहिताको उल्लंघन गरेको बताएका थिए ।

बैठकमा आयोगले कुनै पनि निर्देशन नदिएको तर पछि घण्टी बजाएर प्रचारप्रसार नगर्न भनेको सो राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । यद्यपि आयोगले भने यस्तो कुनै निर्देशन नदिएको बताएको छ ।