• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रदेश नम्बर १का वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको निधन



विराटनगर । प्रदेश नम्बर १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

थापा मोरङ क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवारसमेत रहेका थिए ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालको अनुसार गम्भीर प्रकारको निमोनिया देखिएको थापालाई सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । पछि फेरि थापाको स्वास्थ्य थप जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्समा तीन साताको उपचारपछि स्वास्थ्यमा केहि सुधार भएपछि उनलाई पुनः विराटनगर लगिएको थियो । कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।