२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नम्बर १का वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको निधन



अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

थापा मोरङ क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवारसमेत रहेका थिए ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालको अनुसार गम्भीर प्रकारको निमोनिया देखिएको थापालाई सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । पछि फेरि थापाको स्वास्थ्य थप जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्समा तीन साताको उपचारपछि स्वास्थ्यमा केहि सुधार भएपछि उनलाई पुनः विराटनगर लगिएको थियो । कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।