२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

बढ्यो कोरोना:  रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

बढ्यो कोरोना:  रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
अ अ+ अ-

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ । बुधबार मात्र चारहजार १०७ मा कोरोना पुष्टि भएको थियो ।

दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको हो । हस्तान्तरित सामग्री १२ हजार ५०० सर्जिकल मास्क, पाँचहजार पञ्जा, ९६० बोतल स्यानिटाइजर छन् । कोरोनाको पहिलो लहरमा पनि ती दुई संस्थाका सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ती सामग्रीसहित सात भेन्टिलेटर वितरण गरिएको सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भइ मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएका उहाँलेभन्नुभयो, “महामारी रोमथामको एकमात्र उपाय खोपनै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पुर्‍याउन मैले प्राथमिकता दिएको छु ।यसका लागिखोप उत्पादक देश अमेरिका, चीन र बेलायतले आफ्ना रेडक्रसमार्फतनेपाल रेडक्रसलाईनिःशुल्क खोप प्रदान गर्न शुरुआत गरेका छन् । चिनियाँ रेडक्रसमार्फत नेपाल रेडक्रसलाई एकलाख मात्रा खोप आउँदैछ ।”

सोसाइटीले महामारीको शुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ ।मास्क, स्यानिटाइजर, पिपिइ, शव व्यवस्थापन झोला, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्रीसरकारलाई सहयोग गर्दै आएको छ । साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना,क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथाआवश्यक ब्ल्याङ्केट, तारपोलियन र स्वास्थ्य तथा सरसफाइका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो । 

सोसाइटीका स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णिकार र कोकाकोलाका कन्ट्री सप्लाई चेन डाइरेक्टर के दुराई मुरुङ्गनले संयुक्तरूपमा शिक्षण अस्पतालका प्राडा रमेश महर्जन, सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा मीना कुँवर एशोसिएशनका अध्यक्ष डा लोचन कार्कीलाई छुट्टाछुट्टै कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा निर्देशक डा राजकर्णिकारले भन्नुभयो, “नेपाल रेडक्रस र दि कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने , अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वयंसेवकको संरक्षण गर्ने र‘स्टप दि स्प्रिड’ अभियानलाई मूर्तरुप दिने प्रयास हो ।” 

सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा कुँवरले महामारीबाट आम नागरिकलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मीलाई दैनिक प्रयोग हुने सामग्री धैरे मात्रामा खपत रहने चर्चा गर्दै प्राप्त सामग्रीले थप ऊर्जा प्राप्त गर्ने बताउनुभयो ।

एशोसिएशनका अध्यक्ष डा कार्कीले सोसाइटीले महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको व्यक्तिगत स्वास्थ्य सुरक्षामा पु¥याउँदै आएको सहयोग प्रशंसनीय छ भन्नुभयो ।यस्तै पाटन अस्पताल लगनखेल, जनमैत्री अस्पताल बालाजुमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तण गरिने निर्देशक डा कर्णिकारले जानकारी दिनुभयो । उहाँका अनुसार साझेदारीअन्तर्गत रक्तसञ्चार सेवाका प्राविधिक, स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकलाई सामग्री सहयोग गरिने जनाइएको छ ।

सरकारले सञ्चालन गरिराखेको खोप केन्द्रमा सोसाइटीका स्वंयसेवक परिचालित छन् । सोसाइटीका सञ्चार अधिकृत कृष्ण नेपालले विभिन्न उमेर समूहका अतिविपन्न अपाङ्गता भएका व्यक्तिलाई खोपको सहज पँहुचका लागि यातायातको समेत व्यवस्थापनका लागि सोसाइटी र कोकाकोलाका बीचमा साझेदारी भएको बताउनुभयो । 

सो साझेदारीमा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, धादिङ र गण्डकी प्रदेशको कास्की, तनहुँ, गोरखा, लमजुङ र नवलपरासीपूर्वका जिल्लामा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सोही अभियानअन्तर्गत ती जिल्लाका ३१ हजार लाभान्वित हुने जनाइएको छ । महामारी सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सोसाइटीले स्वास्थ्य, सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोग,खोप व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीयतहलाई सहयोग गरिराखेको छ ।यसका लागि सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ,विभिन्न निकाय, दाता र साझेदारसँग मिलेर मानवीय सेवा गरिरहेको छ । रासस