२८ भाद्र २०८३, आईतवार
,
Latest
चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाम्लोले बाँधेर युवक कुट्ने जाजरकोटका वडाध्यक्ष नेपाली पक्राउ



अ+ अ-

सुर्खेत । युवालाई बाँधेर निर्घात कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले वडाध्यक्ष नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको हो ।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको प्रस्ट देख्न सकिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरेका थिए । भिडियोमा  ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको देखिन्थ्यो । 

प्रहरीका अनुसार घटना साउन १५ गते घटेको हो । कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको हो । प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिरा खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप रहेको बताइएको छ । 

यता वडाध्यक्ष नेपालीले भने आफूले कुटपिट नगरेको दाबी समेत गरेका थिए।