२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

बाङ्ग्लादेशमा चट्याङ पर्दा बिहे भोजमा सहभागी १७ जनाको मृत्यु

बाङ्ग्लादेशमा चट्याङ पर्दा बिहे भोजमा सहभागी १७ जनाको मृत्यु
सांकेतिक तस्बिर
अ अ+ अ-

काठमाडौं । बाङ्ग्लादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्। उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो। स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो।

एक स्थानीय अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन्।

'भोजमा सहभागी भएका मानिसहरू पद्मा नदीपारि पाकातिर जाँदै थिए। ठूलो पानी पर्न थालेपछि उनीहरू टिनको छानोमुनि ओत लाग्न बसेका थिए,' उक्त घटनाबारे स्थानीय अधिकारी शकिब-अल-राबीले भने। घटना हुँदा बेहुली उक्त समूहमा थिइनन्।

चट्याङको प्रकोप
दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसहरूको मृत्यु हुन्छ।

बाङ्ग्लादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो।

सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो। त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो।

विज्ञहरूका अनुसार वनविनाशका कारण घातक चट्याङको सङ्ख्या बढेको हो।

अग्ला रूखहरूले चट्याङ आफूतिर तान्ने गरेको तर वन मासिँदा चट्याङ भूमिमा खस्ने क्रम बढेको उनीहरूको भनाइ छ।

मौसमविद्हरूका अनुसार उत्तर तथा पश्चिमोत्तर बाङ्ग्लादेश बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन्। गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्छ।

सरकारले चट्याङसम्बन्धी पूर्वचेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सरहरू देशका छवटा स्थानमा जडान गरेको छ। (बीबीसी)