• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

राष्ट्रपति भण्डारी आइसल्याण्डको रेक्जाभिकमा



सुशील अर्याल

रेक्जाभिक (आइसल्याण्ड) । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणको सिलसिलामा आज आइसल्याण्डको राजधानी रेक्जाभिक आइपुग्नु भएको छ । उहाँ सोमबार साँझ काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई आइसल्याण्ड समेत हेर्ने डेनमार्कका लागि कार्यबाहक राजदूत तीर्थ अर्याल, आइसल्याण्डका अवैतनिक महाबाणिज्यदूत निचल लोसकार्सन, आइसल्याण्डको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले क्याफलाभिक अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड आउनु भएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने छ ।

भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल राष्ट्रपति कार्यलयका सचिव यादव कोइराला,राष्ट्रपतिको सञ्चार विज्ञ टिका ढकाल लगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।