५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी आइसल्याण्डको रेक्जाभिकमा



अ+ अ-

सुशील अर्याल

रेक्जाभिक (आइसल्याण्ड) । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणको सिलसिलामा आज आइसल्याण्डको राजधानी रेक्जाभिक आइपुग्नु भएको छ । उहाँ सोमबार साँझ काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई आइसल्याण्ड समेत हेर्ने डेनमार्कका लागि कार्यबाहक राजदूत तीर्थ अर्याल, आइसल्याण्डका अवैतनिक महाबाणिज्यदूत निचल लोसकार्सन, आइसल्याण्डको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले क्याफलाभिक अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड आउनु भएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने छ ।

भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल राष्ट्रपति कार्यलयका सचिव यादव कोइराला,राष्ट्रपतिको सञ्चार विज्ञ टिका ढकाल लगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।