• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ ★   तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य ★   सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने ★   चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य: प्रधानमन्त्री ★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान ★   कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? ★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट

राष्ट्रपति भण्डारी आइसल्याण्डको रेक्जाभिकमा



सुशील अर्याल

रेक्जाभिक (आइसल्याण्ड) । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणको सिलसिलामा आज आइसल्याण्डको राजधानी रेक्जाभिक आइपुग्नु भएको छ । उहाँ सोमबार साँझ काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई आइसल्याण्ड समेत हेर्ने डेनमार्कका लागि कार्यबाहक राजदूत तीर्थ अर्याल, आइसल्याण्डका अवैतनिक महाबाणिज्यदूत निचल लोसकार्सन, आइसल्याण्डको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले क्याफलाभिक अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड आउनु भएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने छ ।

भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल राष्ट्रपति कार्यलयका सचिव यादव कोइराला,राष्ट्रपतिको सञ्चार विज्ञ टिका ढकाल लगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।




भर्खरै