९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको माहौल बनाउन उद्योगी/व्यवसायीलाई आयुक्त थपलियाको आग्रह



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी÷व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गर्नुभएको छ ।

निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

उहाँले आयोगको सामाजिक सञ्जालमा आवद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो साङ्गठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरेर सहयोग गरिदिन पनि आग्रह गर्नुभयो । व्यवसायीको सहयोग मूलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्नुहुँदै उहाँले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गर्नुभयो ।

उहाँले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहौलमा परिवर्तन आउने विश्वास समेत व्यक्त गर्नुभयो । “अहिले तरलताको अभाव, ब्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो किरु भन्ने माहौल छ”, थपलियाले भन्नुभयो, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।”

उहाँले संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्नुहुँदै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले मतदानका दिन अत्यावश्यक क्षेत्रका सवारी साधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारी साधनलाई व्यवस्थित र नियन्त्रितरुपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकामा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघिको स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिन्ह हुँदा मतदाता सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उहाँले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेरबदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यावसायीका सवारी साधन प्रयोग गर्न दिन र आफूहरुलाई पर्यवेक्षकका रुपमा जिम्मेवारी दिनु आग्रह गर्नुभयो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा०का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफुहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्नुभयो । यसअघि पर्यटकका लागि निश्चित प्रावधानसहित बसको व्यवस्था गरिदिने अभ्यास रहेको स्मरण गराउँदै उहाँले यो मुख्य पर्यटकीय सिजन भएकोले यातायातको सहज आवागमन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह गर्नुभयो ।




भर्खरै