२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताउनु भयो । उहाँले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । उहाँले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताउनु भयो । डा अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।

उहाँले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनु भयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाई छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।  डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कोभिड १९ संक्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रुपमा केही देशहरुमा संक्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त संक्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामी कहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर नयाँ भेरियन्टहरुको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि राखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ की भन्ने कुरामा शतर्क रहनुपर्ने अवस्थाहरु देखिन्छ ।’

‘हामीकहाँ अहिले पछिल्लो समय नयाँ भेरियन्ट, ओमिक्रोनको नयाँ प्रजाति पनि पुष्टि भएको अवस्था छ । संक्रमण पुष्टि हुने दर अथवा मानिसहरु समुदायमा बिरामी हुने दरहरु, अस्पताल भर्ना हुने, समग्र कुराहरु हेर्ने हो भने अहिले त्यस्तो धेरै त देखिन्न । अहिले सिजनल फ्लूसँग पनि जोडिएर डेङ्गुको पनि प्रकोप एकातिर । कोभिडको संक्रमणपनि सँगसँगै रहेर पनि मानिसहरु एकातिर केन्द्रित भएको हुनसक्छ । संक्रमण पुष्टि हुने कुराहरु शुन्य भइसकेको अवस्था अहिले छैन ।’

‘अहिलेपनि देशभरी ६ सयको हाराहारी सक्रिय संक्रमितहरु आधिकारिक रुपमा तथ्यांकहरु प्राप्त भएको हाम्रो विवरणमा देखिन्छ । यसलाई हेर्दाखेरी हामी संक्रमणको कुरालाई अहिलेपनि मध्येनजर गरेर सावधानिहरु लिनुपर्छ । जस्तो जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोपका कुराहरुलाई हामीले विशेष रुपमा केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था अहिले पनि छ ।’

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उहाँले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताउनु भयो ।

उहाँले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताउनु भयो । उहाँले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिनुभयो । सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा। अधिकारीले आग्रह गर्नुभयो ।