२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी छाडेका जनप्रतिनिधिलाई हटाउन प्रचण्डले सर्बोच्चमा दिएको भ्याकेट खारेज



अ+ अ-

काठमाडौ ।  माओबादी केन्द्र छाडी एमाले बनेका स्थानिय निकायमा जनप्रतिनिधिलाई पुनर्वहाली  गर्ने सर्बोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दे माओवादी अध्यक्षपुष्पकमल दाहालले दर्ता गराउउनु भएको भ्याकेट निवेदन खारेज भएको छ ।

न्यायधीसहरु आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको सयुक्त ईजलासले  भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने माग अश्वीकार गर्ने आदेश दिएको हो ।

ईजलासले निबेदनमा बिपक्षी बनाईएका २१ जना स्थानिय निकायका जनप्रतिनिधिहरुलाई सुचना दिन आदेश दिएको छ । माओबादी केन्द्रको निर्णय पछि निर्बाचन आयोगले उनिहरुको पद रिक्त गराएको थियो ।

आयोगको निर्णय गैर कानूनी भएके भन्नी जनप्रतिनिधिहरु सर्बोच्च अदालतमा पुगेका थिए । अदालतले उनिहरुलाई तत्काल नहटाउन र आयोगको निर्णय कार्यन्वयन नगर्न आदेश दिए पछि उनिहरुको पद जोगिएको थियो ।