२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

नेपाल पक्षको रणनीति: एकताको लागि पहल पनि गर्ने , फरक संगठन संञ्चालन जारी राख्ने

नेपाल पक्षको रणनीति: एकताको लागि पहल पनि गर्ने , फरक संगठन संञ्चालन जारी राख्ने
अ अ+ अ-

काठमाडौ।  नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफु प्रयासरत रहेको बताउनुभएको छ । बिहीबार वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो । उहाँले केही विषयमा सहमती भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपालले सहमतीको निम्ति वार्तामा अझैपनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहाना भएको बताएको नेता पन्तले भन्नुभयो । उहाँले भन्नुभयो – ‘एकताको प्रक्रिया र वार्ता अघि बढीरहेको छ । केही सहमती भएका छन् । केही विषयमा अझै वार्ता जारी छ । यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ । एकता हाम्रो इच्छा हो । चाहाना हो । अहिलेसम्म वार्ताबाट आएका सहमतीहरु त छदैछन्, हामी एकता र सहमतीका लागि अझै वार्तामा सामेल छौँ । प्रयासरत छौँ भनेर भन्नुभो ।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भिम रावलले १० बुँदे सहमतीको सम्बन्धमा ब्रिफिङ गर्नुभएको थियो । संस्थापन पक्षले पार्टी सदस्यता नविकरणको लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नविकरणको काम पार्टी एकता टुंगिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको रावलले जानकारी दिएको नेता पन्तले बताउनुभयो ।

उहाँले एकताको पाइला सकारात्मक रुपमा अगाडी बढेको जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘सदस्यता नविकरण गर्ने लगायत सबै कुरा एकताको प्रक्रिया टुंगिसकेपछि जेठ २ को कमिटीको बैठक बसिसकेपछि गर्ने हो, स्थगित गर्नुस् भनेर हाम्रो तर्फका कार्यदल संयोजक भिम रावलले भनेको र त्यस सम्बन्धमा सकारात्मक पाइला चाल्ने जवाफ पाएका छौँ । १० बुँदे सहमती बारे विस्तृत जानकारी गराएर कार्यदल संयोजक भिम रावललले बुँदा बुँदामा व्याख्या गर्नुभयो । हामी एकतातर्फ अगाडी गइरहेका छौँ । एकतातर्फ हाम्रा पाइलाहरु सकारात्मक रुपले अगाडी बढीरहेका छन् । दुवै पक्ष एउटा समझदारीमा आउने हाम्रो विश्वास छ । वार्ता अझै जारी छ । दुवै तर्फको वार्ता टोली सम्वादमा छन् ।’

सञ्चारकर्मीको प्रश्नमा नेता पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ । एमालेमा छौँ । प्रतिपक्षमा छौँ ।’वरिष्ठ नेता नेपालले कोरोना विरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशिघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित जनतालाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो ।

आजको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको उहाँले जानकारी दिनुभयो । बैठक भोलि बिहान ११ः ३० मा पुनः बस्ने पनि नेता पन्तले बताउनुभयो ।