२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षको रणनीति: एकताको लागि पहल पनि गर्ने , फरक संगठन संञ्चालन जारी राख्ने



अ+ अ-

काठमाडौ।  नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफु प्रयासरत रहेको बताउनुभएको छ । बिहीबार वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो । उहाँले केही विषयमा सहमती भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपालले सहमतीको निम्ति वार्तामा अझैपनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहाना भएको बताएको नेता पन्तले भन्नुभयो । उहाँले भन्नुभयो – ‘एकताको प्रक्रिया र वार्ता अघि बढीरहेको छ । केही सहमती भएका छन् । केही विषयमा अझै वार्ता जारी छ । यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ । एकता हाम्रो इच्छा हो । चाहाना हो । अहिलेसम्म वार्ताबाट आएका सहमतीहरु त छदैछन्, हामी एकता र सहमतीका लागि अझै वार्तामा सामेल छौँ । प्रयासरत छौँ भनेर भन्नुभो ।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भिम रावलले १० बुँदे सहमतीको सम्बन्धमा ब्रिफिङ गर्नुभएको थियो । संस्थापन पक्षले पार्टी सदस्यता नविकरणको लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नविकरणको काम पार्टी एकता टुंगिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको रावलले जानकारी दिएको नेता पन्तले बताउनुभयो ।

उहाँले एकताको पाइला सकारात्मक रुपमा अगाडी बढेको जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘सदस्यता नविकरण गर्ने लगायत सबै कुरा एकताको प्रक्रिया टुंगिसकेपछि जेठ २ को कमिटीको बैठक बसिसकेपछि गर्ने हो, स्थगित गर्नुस् भनेर हाम्रो तर्फका कार्यदल संयोजक भिम रावलले भनेको र त्यस सम्बन्धमा सकारात्मक पाइला चाल्ने जवाफ पाएका छौँ । १० बुँदे सहमती बारे विस्तृत जानकारी गराएर कार्यदल संयोजक भिम रावललले बुँदा बुँदामा व्याख्या गर्नुभयो । हामी एकतातर्फ अगाडी गइरहेका छौँ । एकतातर्फ हाम्रा पाइलाहरु सकारात्मक रुपले अगाडी बढीरहेका छन् । दुवै पक्ष एउटा समझदारीमा आउने हाम्रो विश्वास छ । वार्ता अझै जारी छ । दुवै तर्फको वार्ता टोली सम्वादमा छन् ।’

सञ्चारकर्मीको प्रश्नमा नेता पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ । एमालेमा छौँ । प्रतिपक्षमा छौँ ।’वरिष्ठ नेता नेपालले कोरोना विरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशिघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित जनतालाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो ।

आजको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको उहाँले जानकारी दिनुभयो । बैठक भोलि बिहान ११ः ३० मा पुनः बस्ने पनि नेता पन्तले बताउनुभयो ।