२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

नेता बनाउने कि देवत्वकरण गर्ने ?

नेता बनाउने कि देवत्वकरण गर्ने ?
अ अ+ अ-

काठमाडौ । केही दिनयता सामाजिक सञ्जालमा मलाई शेरबहादुर देउवा मनपर्छ किनभने भन्दै बिभिन्न ब्यक्तिका भनाईहरु व्यवस्थित रुपमा सार्बजनिक भैरहेको छ । प्रधानमन्त्री देउवाको सचिवालयबाटै सार्बजनिक गरिएको भिडियोमा बिभिन्न ब्यक्तिहरुले देउवाको गुणको बखान गर्दै महामानबको रुपमा चिनाउन खोजिएको छ । भलै अनपेक्षीत रुपबाट पाचौँ पटक प्रधानमन्त्रीमा सत्तारोहण गर्नुभएका देउवाको बिगतको चार चोटी प्रधानमन्त्रीको कार्यकालमा भएका नकारात्मक घटनाले नेपालको संसदीय चरित्रको राम्रो चित्र उतारेको थियो । यसपटक ती बिर्सनलायक घटनाहरुलाई सुधार्ने मौका त छ तर सुरुदेखि नै व्यक्तिपुजा र बिगतको बखान गराउने कार्यले कतै यो पाचौँ कार्यकाल पनि फेरि बिर्सनलायक हुने त होईन भन्ने टिप्पणीहरु पनि सुरु भएको छ । 

हालसम्म प्रधानमन्त्री देउवाको बखान गर्दै तीन ओटा भिडियो सार्बजनिक भएको छ । पहिलो भिडियो प्रधानमन्त्री देउवाका गृहजिल्लाका तीर्थ शाहीको सार्बजनिक भएको थियो । जो नेपाली काग्रेसका कार्यकर्ता तथा देउवाको सचिवालयमा समेत बसेर काम गरिसक्नु भएको ब्यक्ति हुनुुहुन्छ । उहाँले देउवालाई यति धेरै बखान गर्नुभयो भयो कि सायद प्रधानमन्त्री देउवाले हेर्नुभएको भए यत्ति सम्म त नभनेको भए हुन्थो, अलि बढि नै भयो कि भन्नु हुन्थो होला । 

शाहीले नेपाली कांग्रेसमा विपीपछिका महान व्यक्तित्व भन्दै देउवाको बर्णन गर्नुभएको छ । उहाँको भनाईअनुसार सुबर्ण शमशेर जबरा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह गिरिजाप्रसाद कोइराला भन्दा काग्रेसमा देउवाको योगदान बढी नै छ । 

यसैगरी ललितपुरकी बेबी राजभण्डारीले देउवा जत्तिको नेता त नेपालमै अरु कोही नभएको भन्दै वहाँकै पहलमा महिलाहरुको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको भन्दै बर्णन गर्नुभएको छ । उहाँहरु राजनीतिक कार्यकर्ता हुनुभयो नेताको बखान गर्नु नुनको सोझो पनि होला वा अन्य कुनै कारण तर अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनबाट हिरोको उपाधी पाउनुभएकी चर्चित समाजसेबी अनुराधा कोइरलाले समेत देउवालाई २४ घन्टा पार्टीलाई कसरी राम्रो बनाउने भनेर काम गर्ने मान्छे भन्दै बखान गर्नुभएको छ । भलै कोईरालालाई देउवा चौथो पटक प्रधानमन्त्री हुदा तत्कालीन तीन नम्बरको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।  

सायद यो श्रृंखला निरन्तरनै हुन्छ होला । देउवाको बखानको भिडियो हेरेपछि चिकित्सक एवं टिप्पणीका डा रामेश कोईरालाले लेख्नुभयो देउवाजी, आजकाल तपाईँ पावरमा पुगेपछि चस्मा नलाएको ह्याण्डसम फोटो देखिँदैछ । गज्जब छ । तर कृपया त्यो पावरवाला चस्मा लाउनू ल ! कमसेकम प्रतिकृया त पढ्न सक्नुहुन्छ कि भन्ने हामीलाई अझै झिनो आस छ । 

अर्थात सत्तामा पुगेपछि धरातल सबैले छाड्छन् भन्ने कुरामा किन देउवा मात्र अपबाद बन्नुहुन्थो र ? यसअघि निबर्तमान प्रधानमन्त्री केपी ओलीको पनि यसरी प्रचार गरियो कि सायद ३३ कोटी देवता पनि छक्क परे होलान् । कुनै उपमा वा विशेषण बाँकी रहेन, ओलीका लागि के यथार्थ त्यही थियो त ?

ओली निकट नेताहरुले पटक पटक भन्ने गरेका थिए– जसरी देवत्वकरण गरिँदैछ त्यो कुनै पनि बेला अभिषाप बन्न सक्छ । तर त्यस्तो क्रियाकलाप रोक्न ओलीले कुनै निर्देशन दिनुभयो वा दिएपनि टेरेनन् ? जसका कारण बालुवाटार छाडेर बालकोट जाँदा पनि उहाँसँगै गयो यो देवत्वकरणको शैली पनि । 

उहाँका सयौँ फोटोहरु सबारी साधनमा झुण्डाउदै साथसाथ लगियो । यत्तिमा मात्र सीमित रहेन देवत्वकरणको हद । यहाँसम्म कि ओलीलाई अघिपछि लागेर करिब एक हजारजति मोटरसाइकल बालुवाटारदेखि बालकोटसम्मै पुगेर उहाँलाई घरभित्रै छिर्याए । त्यही उत्साहले होला उहाँले बालुवाटार छाड्नुपर्ने कारण खोज्नुभन्दा पनि बालकोटको बार्दलीमा बसेर आफ्नौ शैली अपनाउनु भयो । यो देख्दा अत्यन्तै टिठ किन लाग्यो भने– के निवर्तमान बन्दै गरेको मुलुकको प्रधानमन्त्रीका मान्छे यी एक हजार जना मोटरसाइकलधारी मात्र हुन् त ? 

विश्वका धेरै देशमात्र एक ब्यक्तिको सोच र कार्यशैलीले कायापलटक भएको छ । अर्थात् कुनै देश कुनै एक नेताले मात्र बनाएको  । चीन, मलेसीया, सिगापुरको नाम लिँदा माओ, महाथीर मोहम्मद, लि क्वान उको नाम आइ नै हाल्छ । तर नेपालमा पटक पटक व्यवस्था परिबर्तन भैरहेको छ तर नेतृत्व उही घेराकै भएकाले मुलुकको अवस्था परिवर्तन हुन सकेको छैन ।

अमुक व्यवस्था खराब तर ब्यक्ति ठिक हुँदै आएको नेपालमा फेरि यही व्यबस्था वा अबस्था रहे या नरहे पनि केही दशक शासन गर्ने शासकहरुको तस्बीर भने प्रष्टै छ । यो वा त्यो पार्टीका नाममा । यतिमात्र हो कि पात्र र भगवान बनाउने व्यक्ति भने फरक पर्न सक्छन् । देवत्वकरण त बाँकी नै रहनेछ ।