२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बिस्ताबारे महतले दिए काउन्टर, के गर्लान देउवा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद् भएको बताउनुभएको हो ।  

“सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठबन्धन दलसँग सहकार्य गरेर चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो । 

पूर्वअर्थमन्त्री डा महतले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्नका लागि नयाँ पूर्ण बजेट ल्याउनुपर्ने बताउनुभयो । अध्यादेशमार्फत ल्याइएको बजेटले देशको आन्तरिक र बाह्य दुवै ऋणलाई बढाएको उहाँको भनाइ थियो । 

डा महतले अब ल्याइने नयाँ बजेटले प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । भूमिहीन व्यक्तिलाई भूमि दिने कुरामा सरकारले उचित निर्णय लिने भन्दै भूमि आयोग खारेज गर्नु स्वागतयोग्य निर्णय भएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा डा महतले काँग्रेसको क्रियाशील सदस्यता टुङ्गो लाग्न नसक्दा पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताउनुभयो ।