२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बिस्ताबारे महतले दिए काउन्टर, के गर्लान देउवा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद् भएको बताउनुभएको हो ।  

“सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठबन्धन दलसँग सहकार्य गरेर चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो । 

पूर्वअर्थमन्त्री डा महतले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्नका लागि नयाँ पूर्ण बजेट ल्याउनुपर्ने बताउनुभयो । अध्यादेशमार्फत ल्याइएको बजेटले देशको आन्तरिक र बाह्य दुवै ऋणलाई बढाएको उहाँको भनाइ थियो । 

डा महतले अब ल्याइने नयाँ बजेटले प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । भूमिहीन व्यक्तिलाई भूमि दिने कुरामा सरकारले उचित निर्णय लिने भन्दै भूमि आयोग खारेज गर्नु स्वागतयोग्य निर्णय भएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा डा महतले काँग्रेसको क्रियाशील सदस्यता टुङ्गो लाग्न नसक्दा पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताउनुभयो ।