• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दानुष्का निलम्बित



कोलम्बो । बलात्कार आरोप लागेका क्रिकेटर दानुष्का गुणातिलकेलाई श्रीलंकन क्रिकेट बोर्डले निलम्बन गरेको छ । आइतबार टी-२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका गुणातिलकेलाई अस्ट्रेलियन प्रहरीले उनी बसिरहेको होटलबाट पक्राउ गरेको थियो ।

२९ वर्षीया महिलाले उनीमाथि बिना सहमति यौनसम्पर्क गरेको आरोप लगाएकी छन् । ती महिलाले गुणातिलकेलाई डेटिङ एपमार्फत भेटेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बलात्कारको घटना यस हप्ताको सुरुमा सिड्नीको एक निवासमा भएको थियो । राति होटलबाट पक्राउ परेका उनलाई आज अदालतमा पेश गरिने छ ।

श्रीलंकाको टोलीको टी–२० विश्वकप यात्रा छनोटअन्तर्गत सुपर–१२ सम्म रह्यो । श्रीलंकाले समुह लिगमा ५ खेलमध्ये २ खेल जित्यो भने ३ खेलमा हार ब्यहोर्यो । चोटका कारण जारी विश्वकपको पहिलो चरणबाटै टिमबाहिर रहेका गुणातिलके स्वदेश भने फर्किएका थिएनन्।

श्रीलंकन बोर्डले आफूले पनि छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने जनाएको छ ।