२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पूर्वमन्त्रीले दिए ऊर्जामन्त्रीलाई यस्तो सुझाव, अब के गर्छिन भुसाल ?

पूर्वमन्त्रीले दिए ऊर्जामन्त्रीलाई यस्तो सुझाव, अब के गर्छिन भुसाल ?
अ अ+ अ-

काठमाडौं । विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकताअनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिनुभएको छ । 

मन्त्रालयमा आज आयोजित छलफलमा उहाँहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गर्नुभयो । 

पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ अवधारणाअनुसार जलाशययुक्त आयोजना बनाउनेतर्फ जानुपर्छ ।” पूर्वमन्त्री पुनले कुन आयोजनालाई प्राथमिकता दिने भन्ने विषयतर्फ ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै सिँचाइ तथा विद्युत्का लागि उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिनुभयो । 

उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने तथा विद्युत् महशुल दर घटाउने मन्त्रीको प्रस्ताव उपयुक्त भएको भन्दै कार्यान्वयनमा लैजान सुझाव दिनुभयो । पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक क्षेत्रलाई सहयोग गर्ने महत्वपूर्ण आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्तराष्ट्रिय बोलपत्र गरेर बूढीगण्डकी आफैँले बनाउनुपर्छ ।” 

आयोजना कार्यान्वयन गर्दा मिलेमतो हुने गरेको उल्लेख गर्दै उहाँले समयमै काम सम्पन्न गर्नेतर्फ उचित ध्यान पु¥याउनुपर्ने बताउनुभयो । निर्यात तथा आन्तरिक खपतलाई विशेष ध्यान दिएर काम गर्न उहाँले सुझाव दिनुभयो । डा महतले जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने विषय उपयुक्त भए पनि अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री राधा ज्ञवालीले बूढीगण्डकीजस्ता महत्वपूर्ण आयोजनालाई विशेष प्राथमिकता दिएर अगाडि बढाउन आग्रह गर्नुभयो । ज्ञवालीले भन्नुभयो, “पानीको सदुपयोग गर्ने तथा सिँचाइको पाटोतर्फ पनि ध्यान जाओस् ।” पूर्वमन्त्री चित्रलेखा यादवले गरिब जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै देशको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्ने कार्यक्रम ल्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

त्यसैगरी अर्का पूर्वमन्त्री उमेशकुमार यादवले छुट्टै जलस्रोत ऐन ल्याउन आग्रह गर्दै ऊर्जामा बढी ध्यान दिएर जलस्रोत र सिँचाइलाई हेला गर्ने पुरानो प्रवृत्ति नदोहो¥याउन अनुरोध गर्नुभयो । पूर्वमन्त्री उमाकान्त झाले सिँचाइ एवं ऊर्जा क्षेत्रका नेपाली प्राविधिकले पनि राम्रो अनुभव सम्हालेको बताउँदै उनीहरूलाई विश्वासमा लिएर नयाँ आयोजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जल तथा ऊर्जा आयोगलाई थिङ्क ट्याङ्कका रूपमा राखेको छ । यो संस्थालाई बलियो बनाउनुपर्छ ।” 

त्यसैगरी सांसद सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवका आयोजनालाई सोहीअनुसारको गतिमा अगाडि बढाउनु सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “समयमै परियोजना सम्पन्न गर्नुपर्छ, त्यसका लागि आवश्यक प्राविधिक सहयोग गर्नुपर्छ ।”

पूर्वमन्त्रीको सुझावपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले जनताको मनोविज्ञान बुझेर काम गर्ने र आफूले पाएका सुझावलाई सकेसम्म कार्यान्वयनमा लैजान प्रयास गर्ने बताउनुभयो । उहाँले एक प्रतिशत चुहावट रोक्दा पनि गरिब जनतालाई निःशुल्क विद्युत् दिन सहज हुने बताउनुभयो । किसानलाई विद्युत्मा सहुलियत दिँदा उत्पादनमा वृद्धि भई व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।