२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही देवदहमा दम्पती मृत भेटिए



प्रतीकात्मक तस्बिर
अ+ अ-

रुपन्देही । सोमबार रुपन्देहीको देवदह नगरपालिका(५ पाल्पाली टोलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुको अनुसार घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको हो ।

वैदेशिक रोजगार बाट केही दिनअघिमात्र छुट्टीमा नेपाल आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएका हुन् ।

प्रहरीकोको अनुसार श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा छ भने बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् । पत्नीको हत्या गरेपछि बोलिन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।