२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रहनेछ आगामि तिन दिनको मौसम



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भइ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भू-भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जनाएको छ।   

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।