२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरको मुल्य घट्यो, अन्य देशको मुद्राको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ३७ पैसार बिक्रीमूल्य ११८ रुपैयाँ ९७ पैसा रहेको छ । 

बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ शून्य पैसा रहेको थियो ।

राष्ट्र बैंकको अनुसार आज  युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ । यसअघि भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ शून्य पैसा रहेको थियो । 

यस्तै अष्ट्रेलियन डलरको भाउ पनि सामान्य घटेको छ । बिहीबार एकको खरिददर ८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको अष्ट्रेलियन डलर आज भने एकको खरिदमा ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा पर्नेछ । 

एकको खरिदमूल्य ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १९ पैसा तोकिएको सिङ्गापुरे डलरलाई आज एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १२ पैसा पर्नेछ । 

विस्तृतमा हेर्नुस्