२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरको मुल्य घट्यो, अन्य देशको मुद्राको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ३७ पैसार बिक्रीमूल्य ११८ रुपैयाँ ९७ पैसा रहेको छ । 

बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ शून्य पैसा रहेको थियो ।

राष्ट्र बैंकको अनुसार आज  युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ । यसअघि भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ शून्य पैसा रहेको थियो । 

यस्तै अष्ट्रेलियन डलरको भाउ पनि सामान्य घटेको छ । बिहीबार एकको खरिददर ८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको अष्ट्रेलियन डलर आज भने एकको खरिदमा ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा पर्नेछ । 

एकको खरिदमूल्य ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १९ पैसा तोकिएको सिङ्गापुरे डलरलाई आज एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १२ पैसा पर्नेछ । 

विस्तृतमा हेर्नुस्