३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पौडेल भेट: एमसीसी पास गरौ , गठबन्धन कायम राखौं



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताउनु भएको छ । 

सोमवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्ते बताउनु भएको हो । उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुप¥यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

काँग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको थियो ।