७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा

बँदेल मार्न थापिएको पासोमा परे रोशनी–शरद

बँदेल मार्न थापिएको पासोमा परे रोशनी–शरद
अ+ अ-

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जनकल्यान सामुदायिक वनमा मृत फेला परेका किशोरकिशोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा आइतार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै उनीहरूलाई सार्वजनिक गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँस्थित १५ वर्षीया रोशनी महतारा र दङ्गीशरण गाउँपालिका–६ थपगाउँ घर भई तुलसीपुर–१३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको हत्यामा संलग्न भएको भन्दै तुलसीपुर–१३ निवासी ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मरराज कार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार बँदेल मार्नका लागि थापेको विद्युत्को पासोमा परेर उनीहरु दुवै जनाको मृत्यु भएको हो । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिषचन्द्र पौडेलको घरबाट विद्युत् लिएर नजिकैको जङ्गलमा बँदेल मार्नका लागि पासो थापेको र त्यही पासोमा परेर उनीहरुको राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।

पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिशचन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुवै जना मृतावस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु दुवैले सल्लाह गरेर शवलाई जङ्गलको झाडीमा फाले । उनीहरुसँग भएका मोबाइल र चप्पललाई समेत जङ्गलको झाडीमा लुकाईछिपाई राखे । सोही दिन राति १० बजेतिर अमरराज कार्की, पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्कीले ती शवलाई गाड्ने सहमति गरे । त्यो सहमतिपछि अमरराज कार्कीको घरबाट फोरुवा ल्याएर उनीहरुले करेन्ट लागेदेखि नजिकैको खोल्सोमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक वलीले बताए ।

उनका अनुसार अभियुक्त चारजनाले लुकाईछिपाई राखेको अवस्थामा करेन्ट लगाउन प्रयोग भएको बिजुलीको वाइरिङ तार ७६ मिटर एक इन्च, साना सातवटा बाँस, फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा एक थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अवस्थामा भेटिएको थियो ।

उनीहरु चारैजनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । रोशनी र शरदको शव गत असोज ३० गते दिउँसो भेटिएको थियो । उनीहरु घरबाट असोज २७ गते हराएका थिए । मृतक दुवै जना त्यो वनमा किन गएका थिए भन्ने कुरा अनुसन्धानकै विषय रहेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो ।

टिपर चालकहरु निर्दोष देखिए

घटना घट्नासाथ प्रहरीले एक टिपर चालकलाई पक्राउ गर्यो । ती टिपर चालककै बयानका आधारमा थप अर्का व्यक्ति पनि पक्राउ परे । तर ती दुवै जना निर्दोष देखिए ।

प्रहरीका अनुसार एक टिपर चालकले आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनीहरु दुवैजनाले हत्या गरेको पुष्टि भएन । प्रहरीले शवपरीक्षण रिपोर्टलगायत अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट निर्दोष देखिए । उनीहरु निर्दोष देखिए पनि प्रहरीको हिरासतमै छन् । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो भने काठमाडौँबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुरसमेत ल्याइएको थियो । उनीहरु दुवैजनाको शवपरीक्षणपछि एकै स्थानमा बबईमा अन्त्येष्टि गरिएको थियो । रासस