२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

टी–२० विश्वकपः भारतले जिम्बावेलाई ७१ रनले हरायो

टी–२० विश्वकपः भारतले जिम्बावेलाई ७१ रनले हरायो
MELBOURNE, AUSTRALIA - NOVEMBER 06: Hardik Pandya of India celebrates taking the wicket of Craig Ervine of Zimbabwe for 13 runsduring the ICC Men's T20 World Cup match between India and Zimbabwe at Melbourne Cricket Ground on November 06, 2022 in Melbourne, Australia. (Photo by Daniel Pockett-ICC/ICC via Getty Images)
अ अ+ अ-

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत भारतले जिम्बावेविरुद्ध सानदार जित निकालेको छ ।

आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले पराजित गरेको हो ।

भारतले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १७.२ ओभरमा अलआउट हुँदै ११५ रनमात्र बनायो । जिम्बावेका लागि शिकन्दर राजाले २४ बलमा ३४ रन, र्यान बर्लले २२ बलमा ३५ रन बनाए ।

भारतका लागि रविचन्द्र अश्विनले ३ तथा हार्दिक पाण्ड्या र मोहम्मद शामीले २–२ विकेट लिए भने भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन जोड्यो । भारतका लागि सुर्यकुमार यादवले २५ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, के एल राहुलले ३५ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहित शर्माले १३ बलमा १५, विराट कोहलीले २५ बलमा २६ तथा हार्दिक पाण्ड्याले १८ बलमा १८ रन बनाए ।

जिम्बावेका सिन विलियम्सले २ तथा शिकन्दर राजा, रिचर्ड एन्गरवा र ब्लेसिङ मुजारावानीले एक–एक विकेट लिए । अब बुधबार हुने पहिलो सेमिफाइनलमा ग्रुप–१ विजेता न्युजिल्यान्डले पाकिस्तानको सामना गर्नेछ । बिहीबार हुने अर्को सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्नेछन् ।