९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४३.२० अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आईतवार नेप्सेपरिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ ।

कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

आईतवार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आईतवार ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै,उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । आईतवार नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।