२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा दुई सय ९० मतदान केन्द्र



अ+ अ-

गोदावरी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् ।

निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताउनुभयो ।