९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

लोकतन्त्रको नाममा लुटतन्त्रः अध्यक्ष लिङदेन

लोकतन्त्रको नाममा लुटतन्त्रः अध्यक्ष लिङदेन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ ।

शनिवार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताउनु भयो । अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गर्नुभयो । उहाँले नेकमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरुले जनताको लागि नभइ विदेशीहरुका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताउनु भयो । उहाँले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्ने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गर्नुभयो । उहाँले नेपाली नेताहरुमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा कसले खाएको छैन, वाइडबडीमा कसले खाएको छैन, ललितानिवास जग्गा प्रकरणमा कसले खाएको छैन । माथिको के कुरा गर्नुहुन्छ, गाउँतिरै हुने भ्रष्टाचारमा कुन पार्टी खाएका छन् । भन्दा अलगअलग पार्टी मारामार जस्तो गर्ने, खाने बेलामा एकै ठाउँ जम्मा हुने । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेका छन् । हामीले कहिल्यै नेदेखेको, कहिल्यै कल्पना नगरेको आज समाज विभाजित छ ।

हाम्रो एकता, सद्भाव, संकटमा परेको छ । देशको लागि सरकार बनाउने होइन, विदेशीहरुको सहज, खुशीका लागि हामी कम्फरटेबल सरकार बनाउँछौँ भन्छन् हाम्रा देशका नेताहरु । कहाँ गइरहेको छ देश । हामी नेपाली जनताका लागि सरकार बनाउँछाँै भन्नुपर्ने ठाउँमा विदेशीहरुको खुशी, सजिलोका लागि भनिरहेका छन् । विदेशीको लागि म प्रधानमन्त्री भएँ भने सजिलो हुन्छ । उनीहरु भनिरहेका छन् तर पनि हामी तिनीहरुलाई नेता मानिरहेका छौँ । नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्न थालेका छन् । नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री हुन सकिँदैन । प्रधानमन्त्री हुन सकिँदैन । भइयो भनेपनि टिक्न सकिँदैन भनेर विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको छ ।’

अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गर्नुभयो । पछिल्लो समय आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा लक्षित चुनावी प्रचारप्रसार तिब्र बन्दै गएको । विभिन्न दलका शीर्ष नेताहरुले विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । राप्रपाले पनि गोरखा, नवलपरासी, चितवन लगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तिब्र पारेको छ ।