• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ ★   ‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी

समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यकः ओली



file

बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । पाटनमा शुक्रबार आयोजना गरिएको चुनावी सभामा उनले आफ्नो नेतृत्वको पार्टीले सरकार गठन गरेमा विकास निर्माणले तीव्रता पाउने र सबै जनाताले सुख पाउने जिकीर गरे ।

अध्यक्ष ओलीले भने, “जे गर्छ एमालेले गर्छ, एमाले विकास र समृद्धि गर्न सक्ने पार्टी हो । समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यक रहेको छ ।” सुदूरपश्चिमलाई विकासको पाटोमा अगाडि बढाइने बताउँदै उनले भारतीय सीमानाका झुलाघाटमा पक्की पुल बनाउने आश्वासन दिए ।

देश विकासका लागि एमाले चाहिने दाबी गर्दै ओलीले यहाँका फस्फोराइट खानीलगायत खनिज पदार्थको उत्खन्न, महाकाली करिडोरको काम एमाले सरकारले अगाडि बढाएको बताए । उनले भने, “जनताको सबै ग्यारेन्टी एमालेले गर्छ, नेपालको विकास नेपालीले गर्ने र राष्ट्र र राष्ट्रियताका लागि लड्ने पार्टी पनि एमाले हो ।”